Logo

२९ साउन, काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेटेर रिक्त पदमा उपचुनावको तयारीबारे छलफल गरेका छन् ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आउँदो मङ्सिर तेस्रो हप्ता चुनाव गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।


सम्बन्धित समाचार