Logo

३० साउन,वीरगञ्ज । धारिलो हतियार प्रयोग गरी रौतहटको गौरमा एक जना वृद्धको हत्या भएको छ । गौर नगरपालिका ५ का करिब ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।
गौर स्थित झोलुङ्गे पुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक महतोको पेटमा धारिलो हतियार प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव भने घर देखि २०० मिटर पर धानको खेतमा आज बिहान साढे ८ बजे भेटिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

स्थानीयले शव देखेर प्रहरीलाई खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

मृतक महतो लागु औषध गाँजा प्रयोग गर्ने भएकाले घटना गर्ने लागु औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक महतोको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ।


सम्बन्धित समाचार