Logo

९ भदौ, काठमाडौं । साफ यु – २० च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटान भिड्नेछन् । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ । समुह ‘ए’ का दुवै खेल जितेको नेपाल समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

अर्को समुहमा रहेको भुटान भने उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । उक्त समुहको विजेता टोली भारतले भोलि हुने दोस्रो सेमिफाइनल खेलमा बंगलादेशको सामना गर्नेछ ।


सम्बन्धित समाचार