Logo

१२ भदौ, काठमाडौं ।  २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ ।

यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो ।

पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४–३ ले हराउँदै फाइनलमा पुगेका हुन् । गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।


सम्बन्धित समाचार