Logo

१४ भदौ, काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिकमा आज प्रतिस्पर्धा गर्ने छिन् ।

पलेसाले पारा तेक्वान्दोको महिला के–४४ विधाको ५७ केजी मुनिको तौल समुहमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । पहिलो चरणमा पलेसाको भिडन्त भेनेजुएलाकी खेलाडी भ्यालेरिया मोरालेससँग हुनेछ । यो खेल नेपाली समय अनुसार आज साँझ ५ बजे हुनेछ ।

पारा तेक्वाान्दोकै पुरुष के–४४ स्पर्धाको ५८ केजी मुनिको तौल समुहमा नेपालका भरत महता पहिलो खेलमै पराजित भएका छन् । भरतलाई जापानका मित्सुया तानाकाले १९–३ ले हराएका हुन् ।

पेरिस पाराओलम्पिकमा नेपालबाट तीन खेलाडी सहभागि छन् । पारा तेक्वान्दोका दुई खेलाडीसँगै पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गर्दैछन् ।


सम्बन्धित समाचार