Logo

१६ भदौ,काठमाडौँ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोवर्द्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम गोवर्द्धनले ६५ लाख रुपैयाँ पाउने भएकी हुन् । उक्त नियमावलीमा पारा ओलम्पिकको एकल स्पर्धामा कास्य पदक जित्नेलाई सरकारले ६५ लाख रुपैयाँ दिने भनिएको छ ।

गृष्मकालिन ओलम्पिक, शीतकालीन ओलम्पिक, विशेष ओलम्पिक र पारा ओलम्पिकका व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेले एक करोड ३० लाख, रजत जित्नेले ९७ लाख र कास्य जित्नेले ६५ लाख नियमानुसार नै पाउँछन् ।

यी प्रतियोगिताको टिम स्पर्धामा स्वर्ण जित्नेले ५२ लाख, रजत जित्नेलाई ४५ लाख र कास्य जित्नलाई २६ लाख रुपैयाँ दिइन्छ । यो पुरस्कार विश्वकप फुटबलमा प्राप्त हुने यी उपलब्धीका हकमा पनि लागू हुन्छ । नेपालले हालसम्म विश्वकप फुटबल भने खेलेको छैन ।

पलेसा कुनैपनि किसिमको ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । उनले शुक्रबार राती भएको प्रतिस्पर्धामा जित हात पारेर ऐतिहासिक पदक नेपाललाई दिलाएकी हुन् । पलेसाका प्रशिक्षक कविराज नेगी लामाले पनि ५ लाख ८५ हजार रुपैयाँ पाउनेछन् ।


सम्बन्धित समाचार