Logo

१६ भदौ,वीरगञ्ज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रंगशालो पुर्ननिर्माणका लागि पहल गर्ने बताएका छन् ।

खेलकुद मन्त्री चौधरीले आइतबार विहान वीरगञ्जस्थित नारायणी रंगशालाको स्थलगत निरीक्षण गर्दै यस्तो बताएका हुन । उनका अनुसार काठमाडौंको दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो रंगशाला नारायणी हो, तर मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ ।

त्यसकारण रंगशालाको पुर्ननिर्माणका लागि आफ्नो मन्त्रालयले पहल थाल्न उनले आश्वासन दिए मन्त्री चौधरीले देशकै धरोहरका रुपमा रहेको नारायणी रंगशाला जीर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै अब आफ्नो मन्त्रालयले पुर्ननिर्माण र मर्मत सम्भारको प्रक्रिया अघि बढाउने आश्वासन दिए ।

उनले भने, ‘रंगशाला छ तर व्यवस्थापन हुन सकेको छैन । जीर्ण अवस्थामा छ । अब मैले नारायणी रंगशालालाई एकदम प्राथमिकतामा राखेर काम गर्नेछु ।’

आसन्न ११ ओैं राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगञ्जसहित मधेस प्रदेशमा सञ्चालन गर्ने तयारी भइरहेको हुँदा त्यसका लागि पनि रंगशालाको मर्मतसम्भार गर्नुपर्ने आवश्यक रहेको मन्त्री चौधरीको भनाइ छ ।


सम्बन्धित समाचार