Logo

१८ भदौ, काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश भिड्नेछन् ।

सोही मैदानमा हुने दोस्रो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । आज खेल भएका चारवटै टोलीले जारी लिगमा पहिलो खेल खेल्न लागेका हुन् ।

चन्द्रपुर र कर्णाली विचको खेल दिउँसो १२ः३० बजे हुनेछ भने अपरान्ह ४ः३० बजे एपिएफ र नेपाल पुलिस विच प्रतिस्पर्धा हुनेछ ।

लिगअन्तर्गत सोमबार हिजोको खेलमा बागमती युथ क्लबले सुदूरपश्चिम प्रदेशलाई ५–१ ले हराएको छ ।


सम्बन्धित समाचार