Logo

१९ भदौ, काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दैछ । नेपाली क्लब फुटबलमा पुरुषतर्फ बेग्लै इतिहास बोकेको संकटा क्लबले महिला लिगमा भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

संकटाले आफ्नो पहिलो लिग खेलमा आज त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ । संकटाले पहिलो खेलमै विदेशी खेलाडी मैदानमा उतार्दैछ ।

महिला लिगको नियम अनुसार एउटा टोलीबाट चारजना विदेशी खेलाडी खेलाउन पाउने भएपनि संकटाले आज एक जना गोलरक्षक र एक जना फिडफिल्डरलाई विदेशी खेलाडीको कोटामा खेलाउँदैछ ।

झण्डै साढे दुई वर्षपछि भएको महिला लिगमा बागमती, कोशी र चन्द्रपुर नगरपालिकालेविजयी सुरुवात गरेका छन् । नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफले भने पहिलो खेलमा गोलरहित बराबरी खेलेका छन् ।


सम्बन्धित समाचार