Logo

२४ भदौ, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन् । चुरोटको ठुटोबाट सल्किएको आगोमा जलेर सोही ठाउँका ४२ वर्षीय परीक्षण महतो गम्भीर घाइते भएका हुन् ।

शरीरको कम्मरमाथिको ६० प्रतिशत भाग जलेर घाइते महतोको मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले जनाएको छ ।

राति महतो आफैले कोठाभित्र चुरोट पिएर फाल्दा नजिकै पानीको बोतलमा राखिएको पेट्रोलमा परेर आगलागी भएको हो ।

तत्कालै घरका मानिसले शरीरमा पानी खन्याएर महतोको उद्धार गरेका छन् ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ ।


सम्बन्धित समाचार