Logo

२६ भदौ,वीरगञ्ज । पर्साबाट प्रहरीले झण्डै ४ करोड मूल्य बराबरका व्हिस्की कम्प्युटर सामान लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ एरियाबाट प्रहरीले उक्त सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले लु.१ ख ७५३२ र ना ३ ख ५४९ नम्बरको ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताए ।

उनका अनुसार प्रहरीले ३ करोड ९३ लाख ८८ हजार ६३१ मूल्य बराबरका सामान लोड रहेको दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको ट्रकमा कम्प्युटरको माउस र व्हिस्की मदिरा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार