Logo

३१ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले करिब ५० ग्राम ब्राउनसुगरसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्जको बसपार्कस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउनसुगरसहित एकजना भारतीयलाई पक्राउ गरेको हो ।

भारत विहार मोतिहारी आदापुर निवासी विकास कुमार पटेललाइ पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । विशेष सूचनाको आधारमा जाँच गर्दा उनलाई सेकुवा पसलबाट पक्राउ गरिएको उनी बताउँछन् ।

उनका अनुसार हिजो अबेर राती आएको सूचना अनुसार जाँच गर्दा एक सेकुवा पसलमा खाजा खाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार