Logo

३ असोज,वीरगञ्ज । असोज ४ गते शुक्रबार वीरगञ्जमा एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफी टुर कार्यक्रम आयोजना हुने भएको छ ।

असोज १४ गतेदेखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाली भलिबल इतिहासकै पहिलो फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिगको ट्रफीलाई सबै सहभागि टिमको क्षेत्रमा टुर गराउँदै भलिबल र लिगको प्रचार प्रसारका गरी धेरै भलिबल समर्थकमाझ पु¥याउने उदेश्यले ट्रफी टुर आयोजना गरिएको बिहीबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

असोज १४ देखि १९ गतेसम्म (सेप्टेम्बर ३० देखि अक्टोबर ५) सम्म हुन लागेको पहिलो फ्रेन्चाईज एभरेष्ट महिला भलिबल लिगको ट्रफी टुर गर्न टोली वीरगन्जमा आईपुगेको छ ।

नेपाली भलिबलको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिगको लागि मधेश युनाइटेडको ट्यालेन्ट हन्ट कार्यक्रमबारे जानकारी दिन र लिगको रनिङ ट्रफी टुर कार्यक्रमबारे पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा त्यसमा मधेश स्पोर्ट्सको स्वामित्वमा रहेको मधेश युनाइटेडले पनि पहिलो पटक आयोजना हुन लागेको एभरेष्ट महिला भलिबल लिगमा प्रतिस्पर्धा गर्ने जनाएको छ । एभरेष्ट प्रिमियर लिगमा एक टिममा १२ खेलाडी हुनेछ ।

मधेशको टिममा ११ खेलाडी भइसकेको छ । जसमा ८ नेपाली र ३ विदेशी खेलाडी छन् । तीन विदेशी खेलाडी अनुबन्ध गर्ने मधेश युनाइटेड पहिलो टिम समेत रहेको छ।

टिममा काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभात छन् । यस्तै नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेश युनाइटेडको मार्की प्लेअर रहेका मधेस युनाईटेडकी प्रमुख कार्यकारी अधिकृत सांज्ञा श्रेष्ठले जानकारी दिईन् ।

उनका अनुसार लिग खेल्ने हरेक टिममले आफ्नो स्थानीय क्षेत्रबाट एक खेलाडी ट्यालेन्ट हन्टमार्फत टिममा राख्नु पर्नेछ । त्यसैका लागि मधेश युनाइटेडले मधेश क्षेत्रका प्रतिभावान खेलाडीहरुको क्षमता पहिचान गर्न असोज ४ गते वीरगंजको ज्ञानदा एकेडेमीमा ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागेको हो ।

मधेश युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्नेछन् । ट्यालेन्ट हन्टबाट उत्कृष्ट छानिएका एक खेलाडीलाई लिगका लागि मधेश युनाइटेडको टिममा समावेश गरिनेछ ।
जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँगै टिमा रहेर धेरै कुरा सिक्न पाउनेछ । यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी ट्यालेन्ट हन्टमा सहभागि हुन पाउने छैन ।


सम्बन्धित समाचार