Logo

१० असोज,काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले बिहीबार चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन महिना विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स १८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

पहिलो महिना साउनमा देशको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको छ ।कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ८३ अर्ब ४२ करोड रहेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्था(नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ८.४ प्रतिशतले वृद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड पुगेको छ ।
चालू आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
पूर्णपाठ


सम्बन्धित समाचार