Logo

१६ असोज,वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध ब्राउनसुगरसहित वीरगञ्जबाट दुइ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जबाट १८ ग्राम ब्राउसुगरसहित दुइ जनालाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जको बसपार्कबाट दुबै जनालाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।

पक्राउ पर्नेहरुमा भारत विहारका फुलमहम्मद देवान र अलिअख्तर देवान रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुबैजनालाई बिर्ता एरियाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता भारती बताउँछन् । उनीहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

लागु औषध सम्बन्धी कसुरमा म्याद थप आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार