Logo

२६ असोज,काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज न्युजिल्यान्ड र श्रीलङ्का तथा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।

समूह ‘ए’ का न्युजिल्यान्ड र श्रीलङ्काबीचको पहिलो खेल शारजाहमा नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ । न्युजिल्यान्ड पहिलो खेलमा भारतलाई ५८ रनले हराउँदा दोश्रो खेलमा अस्ट्रेलियासँग ६० रनले पराजित भयो । श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग ३१ रनले, दोस्रो खेलमा अस्ट्रेलियासँग ६ विकेटले र तेश्रो खेलमा भारतसँग ८२ रनले पराजित भएको थियो ।

यस्तै आजको दोश्रो खेलमा नेपाली समयअनुसार पानै ८ बजे दुबईमा समूह ‘बी’ का बङ्गलादेश र दक्षिण अफ्रिका खेल्दैछन् । बङ्गलादेश पहिलो खेलमा स्कटल्यान्डलाई १६ रनले हराउँदा इङ्ल्यान्डसँग २१ रनले र वेस्ट इन्डिजसँग ८ विकेटले पराजित भएको थियो ।

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई नौ विकेटले हराएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् ।

समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।


सम्बन्धित समाचार