८ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपालले श्रीलंकासँग साँझ साढे ५ बजे खेल्नेछ । समूह बीको अन्तिम खेलमा जितको लक्ष्यसहित नेपाल मैदानमा उत्रने छ ।
यसअघि भुटानसँग बराबरी र माल्दिभ्सविरुद्ध फराकिलो जित दर्ता गरेको नेपाल आज समूह विजेता बनेर सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । श्रीलंकाले यसअघि नै तीन अंक जोडिसकेको छ भने नेपाललको चार अंक छ । समान चार अंक भएको भुटानले आज कमजोर माल्दिभ्सको सामना गर्नेछ । यसकारण पनि आज नेपाललाई जित दर्ता गर्न दबाब रहेनछ ।
नेपाली टिमकी प्रमुख स्ट्राइकर सावित्रा भण्डारीले जारी साफमा खेलेकी छैनन् । पहिलो खेल गुमाएकी उनले दोस्रो खेलमा थकानको कारण खेल्न पाइनन् । प्रक्षिक राजेन्द्र तामाङले दोस्रो खेलमा पाँच खेलाडी परिवर्तन गरेको भए पनि आज आफ्नो मुख्य टिम खेलाउने बताएका छन् ।
तर पहिलो खेलमा भुटानसँग बराबरी खेलेर आलोचित बनेको नेपालललाई आज जितको दबाब पनि रहनेछ। यता श्रीलंकालाई पनि आज सेमिफाइनल पुग्ने लक्ष्यसाथ मैदान उत्रनेछ। यदि उसले आज नेपाललाई हराउन सके सेमिफाइनलमा स्थान बनाउन सक्नेछ ।
यसअघि दिलाशा इमासाले गोल गरेपछि उसले माल्दिभ्सलाई हराएको थियो । भुटानसँग ४(१ ले पराजित भए पनि उसको सेमिफाइनल सम्भावना कायमै छ। थुसानी मधुसिका र दिलाशालाई रोक्न नेपाली डिफेन्डरको जिम्मेवारी रहनेछ ।
आजै दिउँसो साढे १ बजे हुने खेलमा भने भुटानले माल्दिभ्सको सामना गर्नेछ । यो खेल पनि दशरथ रंगशालामा नै हुनेछ । समूह बीमा भुटानको पनि चार अंक छ भने माल्दिभ्स अंकविहीन छ । आज भुटान फराकिलो अन्तरले माल्दिभ्सलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ।