Logo

१५ कात्तिक, वीरगञ्ज । शिव शिष्य साहेब हरिन्द्रनन्द जीको ७६ औं जन्मोत्सव वीरगञ्जमा मनाइएको छ । उनको जन्मदिनको उपलक्ष्यमा शिव शिष्य परिवार वीरगञ्जले आज वीरगञ्ज स्थित मानव सेवा आश्रममा आश्रितहरुलाई विहानको एक छाकको खाना खुवाएको छ ।

मानवलाई सेवा गर्नु नै सबै भन्दा ठुलो धर्म भएकोले त्यहाँ आश्रितहरुलाई खाना खुवाइएको शिव शिष्य परिवार वीरगञ्जका अध्यक्ष महेन्द्र प्रसाद साहले बताए । उक्त अवसरमा रंजित भैया, अरुण कुमार गुप्ता, कन्हैया भैया, दुर्गा देवी, बिना देवी लगायत सम्पूर्ण शिव शिष्यहरुको उपस्थिति रहेको थियो ।

पछिल्ला वर्षमा गरिब असहायलाई खाना खुवाइएको र रक्तदान कार्यक्रम, कपडा वितरण गर्न आदी कार्यक्रम गर्दै आएको साहले बताए । पृथ्वीमा रहेका हरेक मनुष्ण् शिवका शिष्य हुन् भन्ने कुराको जागृत गराउँदै आएको शिव शिष्य परिवार वीरगञ्जले शिव चर्चा, शिव महोत्सव जस्ता कार्यक्रम समेत गर्दै आईरहेको शिव शिष्य परिवार वीरगञ्जका अध्यक्ष साहले जानकारी गराए ।


सम्बन्धित समाचार