Logo

१६ कात्तिक, काठमाडौँ । नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पुर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गरेको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा पुर्व विजेतामाथि ६ विकेटको सानदार जित हात पारेको हो ।

इङ्ग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो नेपालको जितमा कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए । लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए ।

५० रन बनाउदै कप्तान सन्दीप रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आएका थिए । राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट २१ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

उसका लागि कप्तान रवि भोपाराले १२ बलमा १ चौका र ७ छक्कको सहयोगमा नट आउट ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए ।

नेपालका लागि प्रतिश जिशीले २ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए । नारायण जोशी, लोकेश बम र विवेक यादवको नाममा समान १ विकेट रह्यो ।

प्रतियोगितामा नेपाल समूह बी मा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् । आफ्नो दोस्रो खेलमा शनिवार नेपालले अस्ट्रेलियाको सामना गर्नेछ ।

प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।

समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।


सम्बन्धित समाचार