Logo

२८ कात्तिक, काठमाडौँ । महिला युथ नाइन्टिन टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा आज नेपाल र युएई भिड्नेछन् । यो खेलको विजेताले अर्को वर्ष मलेसियामा हुने यूथ नाइन्टिन विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ ।

अन्तिम खेलपूर्व ५ खेलबाट १० अंक जोडेको युएई अंक तालिकाको शीर्ष स्थानमा छ भने ८ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । नेपालले आजको खेल फराकिलो अन्तरमा जितेको खण्डमा विश्वकपका लागि छानिनेछ ।

नेपाल पराजित भएको वा अन्य कुनै कारणले खेल रोकिएको अवस्थामा भने युएईले विश्वकपमा ठाउँ बनाउनेछ । डबल राउण्ड रोबिन लिगको आधारमा चलिरहेको प्रतियोगितामा नेपालले थाइल्याण्ड र कुवेतलाई दुई पटक हराएको छ भने युएईसँगको पहिलो खेल हारेको छ ।

मंगलबार भएको खेलमा नेपालले कुवेतमाथि १ सय ६५ रनको फराकिलो जित दर्ता ग¥यो । दुबाईको ‘द सेभेन्स’ रंगशालामा नेपालको जितमा पूजा महतोको अलराउण्ड प्रदर्शन निर्णायक बन्यो । पूजाले व्याटिङतर्फ अविजित १ सय ३० रन जोडिन् भने बलिङतर्फ पाँच विकेट लिइन् ।


सम्बन्धित समाचार