Logo

१४ मंसिर,काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले भोलिदेखि सुरु हुन गइरहेको नेपाल प्रिमियर लिगका लागि भीआईपी पास वा टिकटका लागि फोन गरेर दबाब नदिन अनुरोध गरेको छ।

क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमा एक सूचना राख्दै पहिलो म्याचका टिकट र भीआइपी पासहरु सीमित पूर्वाधारका कारण सकिसकेकाले त्यसका लागि फोन वा सन्देश पठाएर दबाब नदिन अनुरोध गरेका हुन्।

यस्तै उनले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट हेरिदिन पनि अनुरोध गरेका छन्। बाँकी खेलहरुका लागि भने अवसर प्राप्त हुने भन्दै समर्थकको माया र सहयोग निरन्तर भइरहे भविष्यमा सबैलाई समेट्न सक्ने पूर्वाधार निर्माणमा क्यानले प्रयास गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।

 


सम्बन्धित समाचार