Logo

१५ मंसिर,काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा जनकपुर बोल्ट्सलाई दोस्रो झट्का लागेको छ । कप्तान अनिल साह ४ बलमा ५ रन बनाएर आउट भएसँगै जनकपुरले दुई विकेट गुमायो ।
प्रतिश जिसीको बलमा उनी आउट भए ।

यसअघि जनकपुरका आसिफ शेख खाता नै नखोली आउट भए । जितका लागि विराटनगर किंग्सले जनकपुरलाई १२८ रनको लक्ष्य दिएको छ।

जनकपुर ६ ओभरमा २ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले लहिरु मिलान्था र हर्ष ठाकेर खेलिरहेका छन् ।


सम्बन्धित समाचार