Logo

१६ मंसिर, काठमाडौँ । युनाईटेड अरब इमिरेट्स (युएई) मा जारी यु १९ एसिया कपमा नेपालले आइतवार(आज) दोस्रो खेल खेल्दैछ ।

नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार बिहान १०ः४५ मा सुरु हुदैछ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल बंगलादेशलाई हराउँदै पहिलो जितको खोजीमा रहेको छ । उता, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो खेलमा जित हात पारेको बंगलादेश यस खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउँन चाहान्छ ।

क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ ।

एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।

एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।

नेपाली युवा टोलीमा हेमन्त धामी(कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् ।


सम्बन्धित समाचार