१६ मंसिर,काठमाण्डौ । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले बङ्गलादेशलाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।
यूएईको दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । नेपालका ओपनर ब्याटर आकाश त्रिपाठीले सबैभन्दा धेरै ४३ रन बनाए । यस्तै अभिषेक तिवारीले २९, उत्तम मगरले २९ रन बनाए । बङ्गलादेशका अल फहाद, इकबाल होसेन इमोन र रिजान होसनले २÷२ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।
१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।