१८ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिगमा अन्तर्गत जारी खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सले १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको हो ।
सुरुवाती क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किएपछि रवि बोपार र घरेलु खेलाडी कुशल मल्लले चितवनलाई उकासे । बोपारले अर्धशतक प्रहार गरे । उनी ३८ बलमा २१ रन प्रहार गरेर पवेलियन फर्किएका थिए । उनी म्याथ्यु क्रिचलीको बलमा रेमन रिफरमार्फत क्याच आउट भए ।