१९ मंसिर, काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को बुधवारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन् ।
काठमाडौं पहिलो खेलमा खेलेका डान डुथवेटलाई बेन्चमा राखेको छ । काठमाडौंले अर्का विदेशी खेलाडी नाथन स्वटरलाई खेलमा मौका दिएको छ ।
काठमाडौं गुर्खाजको प्लेईङ – ११
करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, दीपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी ९विकेटकिपर०, नाथन स्वटर
कर्णालीले पहिलो खेलमा खेलेका मौषम ढकाललाई बेन्चमा राखेको छ । कर्णाली ट्यालेन्ट हन्टकाट टोलीमा समेटिएका विपीन शर्मालाई खेलमा मौका दिएको छ ।
कर्णालीको प्लेईङ – ११
सोमपाल कामी, शिखर धवन, चाडविक वाल्टन९विकेटकिपर०, बाबर हायत, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, भुवन कार्की, नन्दन यादव,
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । काठमाडौं करण केसीको कप्तानीमा रहँदा कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ ।