२१ मंसिर, काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गर्ने भएको हो।
चितवनले अघिल्लो खेलबाट एक जना र कर्णालीले दुई खेलाडी परिवर्तन गरेका छन्।
चितवनले आज हसन इसाखेलको ठाउँमा जान निकोल लफ्टी इटोन आएका छन्।
कर्णालीले अघिल्लो खेलबाट बाबर हायत र भुवन कार्कीको स्थानमा युनिस विक्रम सिंह ठकुरी र र विल बसिस्टो आएका छन्।
कर्णाली याक्सको टोलीमा सोमपाल कामी९कप्तान०, गुल्सन झा, अर्जुन घर्ति, युनिस विक्रम सिंह ठकुरी, नन्दन यादव, विपिन शर्मा, देव खनाल, चान्डविक जेसन मक्सुद, शिखर धवन, विल बसिस्टो रहेका छन् ।
चितवन राइनेजकोटोलीमा कुशल मल्ल ९कप्तान०, रवि बोपारा, जान निकोल लफ्टी, लुक वेनकेन्स्टाइन, रिजन ढकाल, शरद भेषावकर, विपिन रावल, दिपक बोहोरा, अमरसिंह राउटेला, सन्तोष कार्की, सोहेल तनविर रहेका छन् ।

















