Logo

२६ मंसिर,काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाण्डौ गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौ १९ ओभर २ बलमा १ सय ३ रनमा अलआउट भयो । काठमाण्डौका भीम सार्कीले ३१ रन बनाए । लुम्बिनीका साद बिन जफरले ३ विकेट लिए ।

लुम्बिनी ५ खेलमा २ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । काठमाण्डौ ३ खेलमा २ अङ्कसहित छैटौं स्थानमा छ ।

एनपीएलमा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हराएको छ । योसँगै जनकपुरको चार खेलको अपराजित यात्रा टुङ्गिएको छ ।


सम्बन्धित समाचार