Logo

२९ मंसिर,काठमाडौँ । क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई एक सय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनायो ।

चितवनका कप्तान कुशल मल्लले सबैभन्दा धेरै ७२ रन बनाए । यस्तै रवि भोपाराले ४४ रन बनाए । जनकपुरका ललित राजवंशीले दुई विकेट लिए । यस्तै हर्ष थाकर, महोम्मद मोसिन र जिमी निशमले समान एक विकेट लिए ।

यो खेलमा चितवन राइनोजले जित्यो भने प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । चितवन छ खेलमा छ अङ्कसहित चौथो स्थानमा छ । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ ।


सम्बन्धित समाचार