६ पुष,काठमाडौं । नेपाल प्रिमियर लिगको आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुने खेलमा सुदूरले टस जित्दै पहिले ब्याटिङ गर्ने भएको छ।
उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो।
सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। तेस्रोपल्ट यी दुई टोली शनिवार आमनेसामने हुँदै छन्।