१० पुष,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले साढे ३० लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले जितपुर सिमरा उप महानगरपालिका–७ जितपुर चोकबाट चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेकोले ट्रकलाई नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ४ ख ३९८४ नम्बरको मालबाहक ट्रकमा बिल विजक भन्दा बढीको ३० लाख ६७ हजार ७ सय ९६ रुपैया बराबरको खुद्रा सामान तथा कपडाहरु लोड रहेको पाईएपछि ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटले जानकारी दिए ।
नियन्त्रणमा लिएको मालबाहक ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।