Logo

१८ पुष, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएका छन् ।

अत्यधिक चिसो बढेकाले पालिकाले पुस १८ देखि पुस २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा अधिकृत कमला कुमारी बस्नेतद्वारा जारी सूचनामा चिसोबाट विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै सात दिनका लागि विदा दिइएको उल्लेख छ ।

स्थानीय प्रशासनले यस अवधिमा चिसोको असरबाट सुरक्षित रहन विद्यार्थी र अभिभावकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।


सम्बन्धित समाचार