Logo

१८ पुष, वीरगञ्ज । उपकार सेवा नेपालले श्री नेपाल रेडक्रस आधारभूत विद्यालयलाई १० सेट बेन्च सहयोग गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेको उक्त विद्यालयमा बेन्च अभाव भएको जानकारी पाएपछि उपकार सेवा नेपालले बेन्च सहयोग गरेको हो ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिलाई डेक्स बेन्च हस्तान्तरण गरिएको उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले जानकारी दिईन् । श्री शिव शक्ति घ्यू उद्योग प्रा लि को आर्थिक सहयोगमा प्राप्त उक्त बेन्च डेस्क हस्तान्तरण गरिएको सरावगीले बताईन् ।

“श्री शिव शक्ति घ्यू उद्योग प्रा।लि।ले उक्त बेन्च उपलब्ध गराएको थियो । विद्यालयमा बेन्च अभाव भएको जानकारी पाएपछि उद्योगले तुरुन्त १० सेट उपलब्ध गरायो ।” सरावगीले भनिन् ।

डेक्स बेन्च पाएपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारले उपकार सेवा नेपाल संस्थाका अध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यावाद ज्ञापन गर्दै प्रशंसा पत्र सहित सम्मान गरेको छ ।

उक्त अवसरमा ३१ नम्बर वडाका अध्यक्ष जितेन्द्र प्र यादव, उपकार सेवा नेपाल संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, पदमा देवी सरावगी, सुमन बगेडिया, अंकुर शर्मा, श्री शिव शक्ति घ्यू उध्योग प्रा लिका प्रशासकिय प्रमुख नवल किशोर सिंह, समाजिक अभियन्ता प्रकाश थारू, बिरेन्द्र राय थारू, समाजसेवि बालेश्वर गौरो, विद्यालयका प्रधानाध्यापक लक्षुमन प्रसाद साह, शिक्षक शिक्षिका, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार