Logo

५ माघ, काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्‍वकपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाललाई बंगलादेशले ५ विकेटले हराएको हो । नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३।२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बंगलादेशका लागि सादिया अक्तरले १६ रन बनाइन् । कप्तान सुमैया अक्तरले १२ रन बनाइन् भने अफिया अशिमाले अविजित ९ रन बनाइन् । नेपालका लागि रचना चौधरी, रिया शर्मा, पुजा महतो र सिमाना केसीले एक(एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि सना प्रवीनले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसीले १० रन बनाइन् ।

बंगलादेशका लागि जन्नतुल माउवाले २ विकेट लिँदा फाहोमिदा चोया, निशिता अक्तर र अनिसा अक्तरले १(१ विकेट लिए । नेपालका पाँच ब्याटर रनआउट भएका थिए । नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग सोमबार खेल्ने‍ छ ।


सम्बन्धित समाचार