Logo

१२ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज चुनाव हुँदैछ । नयाँ नेतृत्व चयन गर्नका लागि देशभरका साढे २४ सय प्रतिनिधिले मतदान गर्दैछन् ।

उपत्यका विशेष प्रदेश र बाग्मती प्रदेशको मतदान काठमाण्डौमा हुँदैछ । अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार ३३ पदाधिकारीका लागि एक सय ५५ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवबीच प्रतिस्पर्धा हुँदैछ ।

अखिल क्रान्तिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालयसहित कुल ३ सय १२ जना चयन हुनेछन् ।


सम्बन्धित समाचार