Logo

२१ माघ, काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तराष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेदरल्यान्ड्स र थाइल्यान्ड खेल्दै छन् ।

यो खेल कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

गएको बिहिवारदेखि शुरू भएको प्रतियोगितामा नेपालले लगातार तीन खेल हारेको छ ।

नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले , अस्ति थाइल्यान्डसँग २० रनले र हिजो नेदरल्यान्ड्ससँग फेरि १५ रनले पराजित भएको थियो ।

लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।


सम्बन्धित समाचार