
२१ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको आजबाट सेमीफाईन खेल सुरु हुँदैछ । आजको पहिलो सेमीफाईनल खेलमा वीरगञ्ज युनाईटेड र विभागीय टिम नेपाल पुलिस क्बलबीच खेल्दै छ । वीरगञ्जको आर्दशनगर रंगशलामा दिउँसो २ः३० बजे यी दुई टोलीबीचको खेल हुने आयोजकले जनाएको छ ।
मंगलबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले एपिआई चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको थियो ।
मधेस प्रदेश कै सर्वाधिक धनराशी भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगितामा नेपालका सात र भारतको एक गरी ८ टिमले सहभागिता जनाएका थिए ।
यो पनि पढ्नुहोस् :-
दोश्रो वीरगञ्ज गोल्डकपको सेमीफाईनल समिकरण पूरा,मच्छिन्द्र फुटबल क्लब २–१ अन्तरले बिजयी
जारी दोस्रो वीरगञ्ज गोल्डकप : मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीच खेल हुँदै
वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी
वीरगञ्ज गोल्डकप फुटबलमा सलेहस क्लब सिरहा टाईब्रेकरमा विजयी
वीरगञ्ज गोल्डकप स् आज सहलेश सिरहा र संकटा काठमाडौँबिच खेल हुँदै
गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा
मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु
मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने