
२४ फागुन, रौतहट । रौतहटमा विभिन्न पार्टी परित्याग गरी ३०० जना नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा गढीमाई नगरपालिका वडा नम्बर ९ मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
नवप्रवेशीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।
नेकपा एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवं तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर दोङ, आजपा केन्द्रीय सदस्य अरुण पासवान, नेपाली काङ्ग्रेसका बली सहनीको नेतृत्वमा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।