
२४ फागुन,सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नं ३ मा रहेका बितो महतो जनता मा बि जितपुर नौकाटोलामा एक दिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।
डिप्ररोक्स लघुबित बितीय संस्था लिमिटेडले समुदायप्रति सामाजीक उत्तरदायी कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा जिराभवानी, पटेर्वासुगौली, जगरनाथपुर र धोबिनी गाउँपालिका अन्तर्गतका ४८ जना संस्थाका सदस्यहरुको तालिममा सहभागिता रहेको थियो ।
तालिममा सहभागीहरुलाई बाख्रापालनका लागि खोर व्यवस्थापन, दाना व्यवस्थापन तथा हेरचाह र चिकित्सकहरुबाट सर सल्लाह सम्बन्धित कुरा सम्बन्धित कुराको तालिम दिएको थियो । कार्यक्रममा पशु चिकित्सक सिताराम राउतले प्रशिक्षण दिएका थिए। डिप्ररोक्स लघुबित बितीय संस्था मधेश प्रदेशका अधिकृत अनिल पन्जियार तथा जिराभवानी गाँउपालिकाका उपाध्यक्ष रेखा चौधरीले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए।