Logo

२७ फागुन, वीरगञ्ज । वीरगन्जका पत्रकार लालबाबु शेखको अध्यक्षतामा प्रेस चौतारी नेपाल मधेस प्रदेश समिति सर्वसम्मत चयन गरिएको छ । सोमबार रौतहटको चन्द्रपुरमा सम्पन्न दोश्रो अधिवेशनले शेखको अध्यक्षतामा ३१ सदस्य प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।

शेख प्रेस काउन्सिल नेपालका हाल सदस्य पनि हुन् । समितिको उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिव दिवाकर भण्डारी, कोषाध्यक्षमा जितेन्द्र शाह, सचिवहरू ग्यासु मिया देवान जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो, श्याम कुशवाहा चयन भएका छन् ।

सदस्यहरु पिन्टू यादव, गणेश प्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आशिक अंसारी चयन भएका छन् ।

त्यस्तै सुरेश प्रसाद आचार्य, संगिता शिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो पनि सदस्यमा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

यसअघि अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले उदघाटन गरेका थिए ।


सम्बन्धित समाचार