
५ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ कलेजमा शतप्रतिशत मत खसेको छ । २७३ मतदाता संख्या रहेको वीरगन्ज नर्सिङ कलेजमा २७२ मत खसेको निर्वाचन अधिकृत अञ्जु महतोले जानकारी दिए । बिहान ११ बजेदेखि शुरु भएको मतदान अपरान्ह साढे ४ बजे सम्पन्न भएको थियो ।
अब साँझ ६ बजेपछि मतगणना शुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत महतोले बताइन् । वीरगन्ज नर्सिङ कलेजमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियुका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ ।