Logo

७ चैत, वीरगञ्ज । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाराको सहिद अच्छेलाल प्रसाद कुशवाहाकी श्रीमती उर्मिला देवीसँग भेटघाट गरेका छन् ।

‘जनतासँग माओवादी’ हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानका लागि अध्यक्ष प्रचण्ड सहितको टोली बाराको सिम्रौनगढमा छन् । सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सलेमपुर टोल निवासी सहिद कुशवाहाका परिवारले प्रचण्डलाई खादा ओढाएर स्वागत गरेका थिए । २०६० सालको माओवादी द्वन्द्वकालमा अच्छेलालको ज्यान गएको थियो ।

प्रचण्ड सहित शिर्ष नेताहरुको टोलिले सहिद अच्छेलाको घरमै पुगेर भेटघाट गरी राति त्यही बास बसेको नेकपा माओवादी केन्द्र बाराका इञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठ अनिलले जानकारी दिए ।

उक्त अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरू, वाईसीएल नगर अध्यक्ष कुन्दन कुशवाहा, स्थानीय नेता भोजेन्द्र यादव लगायतको उपस्थिति थियो ।

भेटघाटको क्रममा सहिद परिवारले सहिदको योगदानलाई उचित सम्मान र संरक्षणको माग गरेका छन् ।


सम्बन्धित समाचार