
७ चैत, बारा । पुर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा सिम्रौनगढको ऐतिहासिक पुरातात्त्विक क्षेत्र रानीवास मन्दिर परिसरको स्थलगत अनुगमन गरेका छन् ।
‘जनतासँग माओवादी’ हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियानको क्रममा बारा आएका प्रचण्डले रानीवासको अवलोकन गरेका हुन् । रानीवास मन्दिरको ईतिहासबारे जानकारी लिदै यसको संरक्षण र पर्यटकीय सम्भावना विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनी माछाको सुपर जोन, प्राचीन तिरहुत राज्य बाराको सिम्रौनगढ–सल्यामपुरमा मर्निङ वक गर्दै जनभेटघाट गरेका छन् ।
यसपछि प्रचण्डले कोचर्वामा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र बाराका इञ्चार्ज अनिलले जानकारी दिए ।