
७ चैत, चितवन । पत्रकार संगीता बानियाँको निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।
दुई वर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुमा स्तन क्यान्सर देखिएको थियो ।
स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको थियो।बानियाँ चितवनको शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।