Logo

१० चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन्। प्रधानमन्त्री ओली आज राष्ट्रपति भवन शीतल निवास पुगेर उक्त प्रतिवेदन बुझाएका हुन्।

नेपालको संविधानको धारा ५३ तथा सुशासन व्यवस्थापन तथा सञ्जाल ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारले वार्षिक प्रतिवेदन तयार पार्ने र राष्ट्रपति समक्ष पेश गर्ने प्रावधान रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको यो प्रतिवेदनमा सरकारले गत आर्थिक वर्षमा गरेका प्रमुख कामकारबाही र उपलब्धीहरू समेटिएका छन्। गत वर्ष २०८० साल जेठ ७ गते सरकारले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको थियो।


सम्बन्धित समाचार