
४ वैशाख,काठमाडौं । च्यासलदेखि बालकुमारीसम्मका कवाडी केन्द्र हटाउन गएको महानगरको डोजरमा तोडफड भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मका कवाडी संकलन केन्द्रहरु हटाएको छ ।
आवासीय क्षेत्रभित्र सञ्चालनमा रहेका कवाडी संकलन केन्द्रलाई पटक–पटक सूचना दिए पनि नहटाइएपछि डोजर चलाएर हटाइएको महानगर प्रहरीले जनाएको छ ।
महानगरका अनुसार आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र आज हटाइएको हो । ‘पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको जनाएको छ ।
डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढा समेत गरेका छन् । ‘ढुंगा लागेर डोजरको सिसा फुटेको छ । डोजरमा ढुंगामुढा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।