
६ वैशाख,वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका वडा नं ४ मा अवस्थित ब्रह्मा बाबाको मन्दिर पुनर्निर्माणको लागि आज शिलान्यास गरिएको छ।
मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले एक समारोहका बीच मन्दिरको पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो।
ब्रह्मा बाबा मन्दिर स्थानीयस्तरमा आस्थाको धरोहरको रूपमा रहेको छ। मन्दिरको पुनर्निर्माणले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।
मन्त्री जयसवालले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। पूर्व गाउँपालिका अध्यक्ष जयसवाल र उपाध्यक्ष महतोले मन्दिरको पुनर्निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।