
८ वैशाख,वीरगञ्ज । कलैया उपमहानगरपालिका वडा नम्बर १४ बघवनका २२ वर्षीय युवा नितेश कुमार महत्तोले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका छन्।
बघवनका श्याम प्रसाद महत्तोका छोरा नितेशले कलेजका साथीहरूले दिएको मानसिक यातना सहन नसकेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
बारा प्रहरीका अनुसार नितेशले आफ्नै घरमा पासो लगाएका थिए र उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ।
बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले प्रारम्भिक अनुसन्धानमा मृतकले कलेजका साथीहरूबाट मानसिक यातना पाएको देखिएको जानकारी दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।