Logo

८ वैशाख,तुलसीपुर । रेडक्रस दाङका पूर्वअध्यक्ष नारायण प्रसाद आचार्यले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । स्थानीय नारायण आचार्यले आफ्नै घरमा भएको लाइसेन्स प्राप्त बन्दुकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले अनलाइनखबरसँग कुराकानी गर्दै घटनाको पुष्टि गरेका छन्। ‘आज दिउँसो घरमै लाइसेन्सवाला बन्दुकले आफैंमाथि गोली चलाएको पाइएको छ। गोली लागेर घटनास्थलमै उहाँको मृत्यु भएको छ,’ एसएसपी जीसीले भने।

मृतक नारायण आचार्य रेडक्रस दाङका पूर्वअध्यक्ष थिए। उनले किन आत्महत्या गरे भन्ने कारण भने अझै खुल्न सकेको छैन।

प्रहरीलाई गोली चलेको जानकारी आज दिउँसो साढे ३ बजे प्राप्त भएको थियो। लगत्तै डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्या जस्तो देखिएको बताए पनि थप अनुसन्धान जारी रहेको जनाएको छ।


सम्बन्धित समाचार