
८ वैशाख,वीरगञ्ज । बाराको पचरौता नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख जीवन रक्षा कार्यक्रम’ अन्तर्गत बाराको पचरौता नगरपालिकाकै कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा कन्हैया कुमार साह,मन्जुर आलम,विनोद प्रसाद जैसवाल,दिलीप पटेल,पंकज पटेल,अजय पटेल,जितेन्द्र साह,धिरज पटेल,नवल किशोर लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र प्रसाद कुशवाहाले जानकारी दिदए ।
पचरौता नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुरेन्द्र साहको अध्यक्षता तथा मेयर जलन्धर सिंहको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल,कार्यालय प्रमुख वीर शमशेर कुर्मी , नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष कुमार गुप्ता लगायतकाकोपनि सहभागीता थियो ।